Breaking News

नारायणीको बहाब घट्दै, जोखिम भने कायमै

Banner

चितवन, असार २
पछिल्लो दुई दिनदेखि नारायणी नदीमा आएको बाढीको बहाबमा आज केही कमी आएको छ । अहिले बाढीको बहाब घट्ने क्रममा रहेको छ ।

हिजो राति नारायणीको बहाब अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । नारायणीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको थियो । नारायणी नदीको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड पुगेपछि खतराको तह पार गरेको मानिन्छ ।

गएराति नारायणीको तह उच्च विन्दुमा पुगे पनि आज बिहानदेखि नै नारायणीको सतह केही घट्दै आइरहेको छ । राती र आज दिन भरी पानी कम परेकाले बहाब घट्दै गएको हो ।

सम्बन्धित समाचार :

तस्विर र भिडियोमा हेरौं इतिहासकै उच्चविन्दुमा पुगेपछिको नारायणी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>