Breaking News

चितवनमा आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, ४८ संक्रमित थपिए

Banner

चितवन, असार २-

चितवनमा आज एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतक तीन जना मध्ये दुई जना चितवनका र एक जना चितवन बाहिरका हुन् । भरतपुर अस्पतालमा २ जना र बाहिरका १ जना रहेका छन् ।

त्यस्तै चितवनका अस्पतालहरुमा २५० कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । जसमा आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ४१ जना र जेनरल बेडमा १०४ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३५ जना बिरामी डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा चितवनमा ४८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा २७ जना, खैरहनीमा ७ जना, माडीमा १ जना, रत्ननगरमा ७ जना, राप्तीमा ५ जना र कालिका नगरपालिकामा १ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ४२९ पुगेको छ । आजसम्म चितवनमा कोरोना संक्रमणका कारणले २५२ जनाको मृत्यु भएको छ भने जम्मा संक्रमितको संख्या १५ हजार १३१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>