Breaking News

चितवनका सांसद पोखरेलको क्षेत्रमा संघीय सरकारको करोडौंका दर्जनौं योजना, ठिमुरा पुललाई १० करोड बिनियोजन

Banner

चितवन, असार १-

चितवनका संघीय सांसद कृष्णभक्त पाखरेलको निर्वाचन क्षेत्रमा संघीय सरकारको दर्जनौं योजनाहरु परेका छन् ।

आगामी आर्थिक वर्ष २०७८\०७९ का लागि चितवन २ नं क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहलाई सिधै आउने अनुदान बाहेक ती योजनाहरु ल्याइएको हो ।

सांसद पोखरेलका अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १९ वटा योजनाहरु परेका छन् । जसमा भोर्ले दाहाखानी रणनीतिक सड़कका लागि २५ करोड, शक्तिखोर फिस्लिङ सडक ७२ करोड, शक्तिखोर हुग्दी बहुउद्देश्यीय सुरुङ निर्माण अध्ययन मुख्य छन् । त्यस्तै कालिका नगरपालिका रिंगरोड २४ लाख रुपैयाँ, कालिका नगरपालिका–८ गैरावारी उप्रनगढी सडक २४ लाख रुपैयाँ, भरतपुर महानगरपालिका–१ आध्यात्मिक परिषद् योगी नरहरि नाथ पथ २४ लाख, भरतपुर महानगरपालिका–२९ जुगेडी तान्द्राङ चौकीडाडा सडक २४ लाख, भरतपुर महानगरपालिका–१, चितवन मिलदेखि ठिमुरा चोक बाटो ढल २४ लाख रुपैयाँ, त्रिशुली–ठिमुरा पुल १० करोड़ रुपैयाँ छुट्याइएको छ ।

भरतपुर महानगरपालिका–३ पुंगी खोला लायन्स चोक सडक ४७ लाख पचास हजार रुपैयाँ, भरतपुर–४ बलेवा टोल नारायण स्थान हुदै वाल्मीकि टोल सडक २४ लाख रुपैयाँ, कालिका नगरपालिका–५ हरिनारायण चोकदेखि जंगल चोक सडक निर्माण २४ लाख रुपैयाँ, भरतपुर महानगरपालिका–१० डण्डीबियो चोकदेखि त्रिचोकसम्म २४ लाख रुपैयाँ, भरतपुर ११ बसेनी हरितमार्ग २४ लाख रुपैयाँ, भरतपुर महानगरपालिका–११ विशालचोक नहर चोक २४ लाख, भरतपुर महानगरपालिका–१० नहरचोक कामना चोक २४ लाख रुपैयाँ रहेका छन् । इच्छाकामना गाउँपालिका–७ थानखोला पुल ४७ लाख पचास हजÞार रुपैयाँ, काली खोला, रिग्दी खोला , जुगेडी खोला, भोर्ले खोला, सेती दोभान समेत १० वटा पुलमा एक अरब रुपैयाँ र कयरखोला पुल शक्तिखोर ४७ लाख ५० हजार विनियोजन भएका छन् ।

त्यसैगरी संघीय सरकारअन्तर्गतको पर्यटन संस्कृति मन्त्रालय अन्तर्गत भरतपुर महानगरपालिका–१० कालिका मन्दिरको मर्मत सम्भारका लागि १० लाख रुपैयाँ, भरतपुर प्रेमबस्ती जेष्ठ नागरिक सांस्कृतिक केन्द्रलाई ७ लाख रुपैयाँ, भरतपुर महानगरपालिका–१ महर्षी मुद्गल मन्दिरलाई १० लाख रुपैयाँ, कालिका रुमाल भेषभुषा भवन निर्माणका लागि १० लाख, कालिकाको सिन्ती झरनालाई १५ लाख रुपैयाँ,् लामो झरना १० लाख रुपैयाँ, गणेशधाम क्लाउड १२ लाख रुपैयाँ रहेका छन् ।

त्यस्तै, शहरी विकास मन्त्रालयअन्तर्गत आगामी वर्ष चितवन निर्वाचन क्षेत्र २ मा विभिन्न विकास कार्यक्रममा बजेट परेका छन् । जसमध्ये भरतपुर महानगरपालिका–२ आदर्श नगर टोल सड़क ढल एक करोड रुपैयाँ, भरतपुर महानगरपालिका एकीकृत ढल पूर्वाधार डेढ़ करोड रुपैयाँ, कालिका नगरपालिका सड़क ढल एकीकृत परियोजना एक करोड़ ९५ लाख रुपैयाँ, भरतपुर महानगरपालिका–१०चित्रसेन मार्ग ५० लाख रुपैयाँ परेको छ । शहरी विकास मन्त्रालयअन्तर्गत नै शक्तिखोर तिनदोभान रन्तेश चेपाङ् मार्ग ५० लाख रुपैयाँ, भरतपुर ५ र ६ को सिमा बाटो ५० लाख रुपैयाँ, भरतपुरको कृष्णपुर कटहरचोकदेखि बुद्धचोक सम्म फुटपाथ तथा साइकल लेन तीन करोड रुपैयाँ, भरतपुरको कृष्णपुर खेल मैदानका लागि एक करोड़ रुपैयाँ छन् । अन्य योजनाहरुमा भरतपुरको गणेशधाममा ढुंगा छाप्ने कामका लागि ५० लाख रुपैयाँ, भरतपुर महानगरपालिका–२९ देवीटार बाटो ५० लाख, भरतपुरको एअरपोर्ट पछाडिको बाटोका लागि ५० लाख रुपैयाँ, भरतपुर महानगरपालिका–२९ मर्लाग आौषधि फÞैक्ट्री बाटो ५० लाख रुपैयाँ, देवघाटमा एनआरएन ज्येष्ठ नागरिक पार्क निर्माणका लागि ५० लाख रुपैयाँ, कालिका समेत पुर्वका चार नगरपालिकाको एकीकृत शहरी पूर्वाधार ५० लाख रुपैयाँ रहेका छन् ।

संघीय मामिला मन्त्रालयअन्तर्गत तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा विभिन्न कार्यक्रमकालागि बजेट विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिका–११ हरितमार्ग २५ लाख रुपैयाँ, इच्छाकामना मुग्लिन तामिन सडक २५ लाख रुपैयाँ, कालिखोला आधामारा बाटो २५ लाख रुपैयाँ, भरतपुर महानगरपालिका–५ नहर डिलदेखि शान्तीचोक हुँदै सिमा बाटो २५ लाख रुपैयाँ, कालिका नगरपालिका–२ स्कूल भवन पिपरिया सडक २५ लाख रुपैयाँ, कालिका नगरपालिका–६ रेडक्रस ग्राम स्कुल २५ लाख रुपैयाँ विनियोजित भएका छन् ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत इच्छाकामना गाउँपालिका–७ स्याग्दी खोला तटबन्धनका लागि ३३ लाख रुपैयाँ, इच्छाकामना–६ चनौटे सेती खोला तटबन्धन ३३ लाख रुपैयाँ रहेका छन् ।

आयोजनाको संख्या र विनियोजित बजेट हेर्दा यस वर्ष गत साल भन्दा धेरै योजनाहरु सांसद पोखरेलको क्षेत्रमा परेको देखिन्छ । सांसद पोखरेलले आफ्नो क्षेत्रको नागरिकको माग अनुसार ती आयोजनामा सरकारले बजेट बिनियोजन गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अझै पनि कतिपय कार्यक्रम र आयोजनाहरु छुटेका छन् । मन्त्रालयमा टाइपिस्टले जे जे टाइप ग¥यो तीनै आयोजना राखिएको छ । कतिपय हटेका छन् भने कतिपयमा एकदमै कम बजेट छन् । आयोजनाहरुको अन्तिम सूची नदेखाइने भएकोले कतिपय आयोजनाहरुमा बिनियोजित रकम अपर्याप्त छ ।’ उनले सबै ठाउँमा न्यायोचित ढंगले योजना छनोट गर्न नपाउँदा सबै ठाउँमा न्याय पुग्न नसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग क्षमा पनि मागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>