Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न ठाउँमा खस्यो लेदो, पन्छ्याउने काम जारी

Banner

चितवन, असार १–

अविरल वर्षाका कारण चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानहरुमा स–साना ढुंगा र लेदो खसेको छ ।

घुमाउने लगायतका स्थानमा लेदोहरु खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । “खासै ठूलो समस्या आइसकेको छैन, स–साना ढुंगाा र लेदो हटाउने काम भइरहेको छ”–प्रवक्ता थापाले भने ।

वर्षायाम वर्षेनी यस सडक खण्डमा पहिलो खस्ने गरेको छ । चितवनमा गयरातिदेखि भारी वर्षा भइरहेको छ । चितवन प्रशासनले नदी आसपासका बासिन्दाहरुलाई बाढी र पहाडी भेगका जनतालाई पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>