Breaking News

चितवनमा ६ घण्टामै १००.२ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह

Banner

चितवन, असार १–

चितवनलगायत देशका विभिन्न भागमा गयरातिदेखि भारी वर्षा भइरहेको छ । विशेष गरी चितवन, नवलपरासी पूर्व, पाल्पा, छरछरेलगायत स्थानहरुमा निरन्तर भारी वर्षा भइरहेको जल तथा मौषम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले भरतपुर, गैंडाकोट, अरुणखोला, छरछरे, रामपुर पाल्पागायत स्थानमा भारी वर्षा भइरहेकोले सो क्षेत्र खतराको अवस्थामा रहेको महाशाखाले जनाएको छ । चितवनको भरतपुरमा पछिल्लो ६ घण्टामा १००.२ मिलिमिटर वर्षा भएको छ भने गैंडाकोट क्षेत्रमा ६६ मिलिमिटर, रामपुरमा १२४.२ मिलिमिटर, छरछरेमा ७१.२ र अरुणखोलामा ५८.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

आजको वर्षाले कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने छ भने नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक, मध्यम/भारी वर्षा भइ केही बहाव बढ्ने छ भने केही स–साना सहायक नदीमा बहाब सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै
पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउँ, बबईका स–साना नदी जलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।
त्यसैगरि आज कालीगण्डकी, भेरी र यसका सहायक नदी जलाधारलगायत प्रदेश २ को बारा, पर्सा, रौतहट, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङजा, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, सुदूरपश्चिम प्रदेशको कंचनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>