चितवन विशेष

निषेधाज्ञामा चितवन जिल्ला अदालतद्धारा १५ मुद्दाको फैसला

Banner

चितवन,असार १-

निषेधाज्ञाको समयमा चितवन जिल्ला अदालतले १५ वटा मुद्दाको फैसला गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा भएका ६६ वटा मुद्दाको थुनछेकका क्रममा सो सङ्ख्यामा फैसला भएको हो ।अदालतको तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार अदालतले अभियोगका साथ पेश भएका सरकारवादी फौजदारी मुद्दा मात्रै हेरेको थियो । उहाँका अनुसार सो समयमा ८४ वटा मुद्दामा थुनछेक आदेश भएको छ भने एउटा मुद्दा प्रक्रियाकै क्रममा रहेको छ । थुनछेक आदेश हुनेमा एउटा बन्दीप्रत्यक्षीकरणको रिटसमेत रहेको उहाँले बताउनुभयो । बन्दी प्रत्यक्षीकरणको मुद्दासहित १५ वटा मुद्दाको फैसला भएको हो ।

निषेधाज्ञाका कारण सेवाग्राहीहरु अदालतसम्म आउन कठिन भएकाले अन्य मुद्दा दर्ता हुन नसकेको उहाँको भनाइ छ । स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञा जारी राखेको छ । सो समयमा जिल्लामा अधिकांश लागूऔषधका मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । लागूऔषधका २१ मुद्दामा ३९ जना, सवारी ज्यानका १६ मुद्दामा १६ जना, जबर्जस्तीकरणीका चार मुद्दामा चार जना र दुई करणी उद्योगका मुद्दामा २ जना रहेका छन् । यस अवधिमा प्रहरीले विभिन्न मुद्दामा गरी ९७ जना प्रतिवादीलाई पक्राउ गरी अदालत पेश गरेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>