Breaking News
झलनाथ खनाललाई इर्मजेन्सीमा भर्ना, कस्तो छ उनको स्वास्थ्य अवस्था ?
०

काठमाडौं, ३१ जेठ
पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई आकस्मिक कक्ष (इर्मजेन्सी) मा भर्ना गरिएको छ । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
खनाललाई यसअघि कोरोना भएको थियो । कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























