चितवन विशेष

रत्ननगरका ५० बिपन्न परिवारलाई खाद्य सामग्री सहयोग

Banner

चितवन, जेठ ३०-

रत्ननगरमा दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका बिपन्न तथा मजदूरहरुलाई आज खाद्यान्न सहयोग भएको छ ।

चितवनको रत्ननगर नगरपालिका वडा नं ६मा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले रत्ननगर नगरपालिका–५मा रहेको मगर टोलमा बसोबास गर्ने स्थानीयहरु जो लकडाउनको समयमा काम गर्न नपाएर बिहान बेलुका छाक टार्न समस्या पर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । अप्ठेरो परिस्थितिमा राहत स्वरुप सामग्री सहयोग गरिएको उपशाखाका निवर्तमान सभापति एवम् उपशाखाअन्तर्गत सञ्चालित नागरिक सहायत कक्षका संयोजक राममणि खनालले बताए ।

उपशाखा बछौलीको पहलमा ऋतु वाईबा र शिव राणा मगर दम्पतीले ५० अति विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको सभापति सुवास बिडारीले नारायणी अनलाइनलाई जानकारी दिए । ५० परिवारलाई प्रति परिवार १ बोरा चामल नुन, दाल र तेल सहयोग गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट प्राप्त गरिएको सहयोग रकमबाट उपशाखाको कार्य क्षेत्र भित्र आइतबारसम्म आइपुग्दा २५० बढी परिवारलाई सहयोग गरेको श्रेष्ठको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>