Breaking News
चितवनका विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा १४८ कोरोना संक्रमितको उपचार हुँदै
०

चितवन, जेठ ३०-
चितवनका विभिन्न अस्पतालमा आज एकैदिन ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतकमध्ये चितवन जिल्लाको २ जना र बाहिर जिल्लाको चार जना रहेका छन् । मृतकहरु मध्ये भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ३ जना र पुरानो मेडिकल कलेजमा २ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
त्यस्तै चितवनका सबै अस्पतालमा २९३ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्य आईसीयूमा ११५ जना, भेन्टिलेटरमा ३३ जना, एचडीयूमा ४० जना र जेनरल बेडमा १३८ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























