Breaking News
चितवनमा थपिए २४ संक्रमित, ६ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या १५९३ पुग्यो
०

चितवन, जेठ ३०
चितवनमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
स्वास्थय कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ५९३ पुगेको छ । हालसम्म चितवनमा संक्रमित हुनेहरुको संख्या १४ हजार ९११ रहेको छ । जसमा १३ हजार ७४ जना निको भएका छन् भने २४४ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भने चितवनमा ६ जना कोरोना संक्रमितको ज्यान गएको कार्यालयले जनाएको छ । जसमा बाहिरी जिल्लाका ४ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























