Breaking News
नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण, ५२२५ जना संक्रमणमुक्त, ६७ जनाको मृत्यु
०

काठमाडौँ,जेठ २८-
पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल परीक्षण १५ हजार १८२ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ९ हजार ५९८ जना र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनामा परीक्षण गर्दा जसमध्य २७०९ जना र १०४१ जना गरि जम्मा ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । आज कोरोन संक्रमणबाट ५२२५ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ३०५ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























