समाचार

वियर खुवाएर १९ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार, एक जना पक्राउ

Banner

कञ्चनपुर, जेठ २८ –

कञ्चनपुरमा वियर खुवाएर १९ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार भएको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छन् भने अर्का एकजना फरार रहेका छन्।

बेदकोट नगरपालिका–४ की ती किशोरीलाई बिहीबार अपरान्ह ४ बजेतिर नजिकैको जंगलमा लगेर जवरजस्तीकरणी गरेको उजुरी प्रहरीकोमा परेको थियो ।

त्यसैका आधारमा बेदकोट–६ का २३ वर्षीय धनबहादुर बिकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको बताइएको छ । फकाइफुलाइ जंगलमा लगेर वियर खुवाएर करणी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

उनीहरुबीच पहिलेदेखिको चिनजान वा प्रेम सम्बन्ध भए नभएकोबारे पनि खोजि भइरहेको छ। अहिले किशोरी आफन्तको जिम्मामा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>