चितवन विशेष

चितवनकी डाक्टर थापा विश्व दन्त परिषद्को नेतृत्वदायी महिलामा छनौट

Banner

भरतपुर, जेठ २६- 

विश्वका १३३ बढी राष्ट्रहरु सदस्य र दशलाख भन्दा बढी विश्वका दन्त चिकित्सक सदस्य रहेको विश्व दन्त परिषद् (वल्र्ड डेन्टल फेडेरेसन )मा चितवनकी दन्त चिकित्सक डा. सरिता थापा न्यौपाने (सरु) विश्व दन्त परिषदको नेतृत्वदायी महिला चिकित्सकको श्रृंखलामा छनौट भएकी छन् ।
परिषद्को सदस्य रहेका सदस्य राष्ट्रहरुबाट एक जना सहभागी छन् । डा. सरु नेपालको प्रतिनिधित्व गरेर छनौट भएकी हुन् । परिषद्ले हालसालै नेतृत्वदायी महिला चिकित्सकको रुपमा छनौट गरेको हो ।

डा. थापा विपन्न समुदायमा दन्त सेवा प्रदान गरेर प्रेरणादायी काम गरेको विश्व दन्त परिषद्को वेबसाइटमा समेत राखिएको छ । नेपाल दन्त चिकित्सक संघले भोटिङको आधारमा सर्वाधिक मत ल्याउने डा. सरुलाई नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो । दन्त चिकित्सामा बिरामीलाई गुणस्तरीय सेवा, सामाजिक अभियानको सक्रियताको मूल्यांकन गर्दै उनलाई छनौट गरिएको परिषद्को वेबसाइटमा उल्लेख गरिएको छ । डा. सरुले आफू छनौट भएपछि थप हौसला मिलेको बताइन् । उनले सफलता हासिल गर्न आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने दन्त चिकित्सकहरु सहित सबैलाई धन्यवाद दिएकी छन् ।

थापा छनौटको कामको मूल्याङ्कन अन्तर्राष्ट्रियस्तरमा भएकोले यसबाट समग्र नेपाली चिकित्सकहरुको सम्मान भएको चिकित्सकले बताएका छन् । नेपाल चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष डा. प्रकाश खतिवडाले अन्तर्राष्ट्रियस्तरमा भएको डा. सरुको सम्मानले नेपाली चिकित्सकको सेवाको कदर भएको बताए ।

डा. थापा साईराम डेन्टल केयर नारायणगढकी प्रबन्ध निर्देशक हुन् । उनी विगत १६ वर्षदेखि दन्त चिकित्सा सेवामा सक्रिय छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>