Breaking News

नेपालमा थप ५,१५३ जनामा कोरोना संक्रमण, ६५७० जना संक्रमणमुक्त, १०८ जनाको मृत्यु

Banner

काठमाडौं, जेठ २५ –

पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल परीक्षण १७ हजार ६७६ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट १२ हजार ६५ जनामा परीक्षण गर्दा ३ हजार ८७० र एन्टिजेन विधिबाट ५ हजार ६११ जना परीक्षण गर्दा १ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँग जम्मा ५ हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

आज कोरोना संक्रमणबाट १०८ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ९८ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>