Breaking News

नेपालमा थप ४,४७२ जनामा कोरोना संक्रमण, ६,९५१ जना संक्रमणमुक्त, ९२ जनाको मृत्यु

Banner

काठमाडौं, जेठ २४ –

पछिल्लो २४ घण्टामा थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९०३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२ हजार २ जना र एन्टिजेन विधिबाट ५,९०१ जना परीक्षण गर्दा जम्मा ४ हजार ४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज कोरोना संक्रमणबाटमुक्त हुनेको संख्या ६ हजार ९५१ जना रहेको छ । देशभर  हालसम्म कोरोना संक्रमणबाटमुक्त हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

आज कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट  मृत्यु हुनेको कुल संख्या ७ हजार ९९० पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>