Breaking News

चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५० प्रतिशत बढी घट्यो, १३४ संक्रमित थपिए

Banner

चितवन, जेठ २४-

चितवनमा सक्रिय संक्रमितको संख्या ५० प्रतिशत भन्दा बढी घटेको छ ।

एक हप्ता अगाडिसम्म झण्डै पाँच हजार सक्रिय संक्रमित रहेको चितवनमा आज स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा त्यो संख्या घटेर १८१७ मा झरेको छ । जसमध्ये १४४ जना अस्पतालको आइसोलेसनमा, २८ जना सार्वजनिक आइसोलेसन केन्द्रहरुमा र घरमा आइसोलेसनमा एक हजार ६४५ जना रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा चितवनमा १३४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकाका ९६ जना, खैरहनी नगरपालिकाको ८ जना, माडीको ८ जना, रत्ननगर नगरपालिकाको १० जना, राप्तीको ३ जना, कालिकाको ५ र इच्छाकामना गाउँपालिकाको ४ जना रहेका छन् । गत शुक्रबारदेखि निरन्तर १०० जना भन्दा कम संक्रमित देखिएकोमा आज एक्कासी यो संख्या बढेर १३४ जना पुगेको छ । यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या १४ हजार ४७६ जना पुगेको छ । विगत २४ घण्टामा चितवनका ३ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>