Breaking News

अमेरिका टेक्सासको सिटी काउन्सिल मेम्बरमा चितवन टाँडीका टिका पौडेल विजयी

Banner

चितवन, जेठ २३-

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा चितवन टाँडीबाट अमेरिका गएका टिका पौडेल विजयी भएका छन् ।
स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन् ।

पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताए । नेपालमा टाँडीको नेपाल उच्च माविबाट विद्यालय शिक्षा पूरा गरेका पौडेल त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा पूरा गरी प्राध्यापन पेशामा संलग्न रहेका थिए । गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवारबीच ‘रनअफ राउन्ड’मा चुनाव भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>