Breaking News

चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालोः आज ६ जनाको मृत्यु, ५० संक्रमित थपिए

Banner

चितवन, जेठ २३-

जेठको अन्तिम हप्तातिर आइपुग्दा चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै गएको छ ।

केही दिन अघिसम्म दैनिक संक्रमित हुनेहरुको संख्या २०० जनाको हाराहारीमा थिए भने अहिले संक्रमण दर १०० बाट घटेर ५० को हाराहारीमा आइपुगेको छ । २४ घण्टामा झण्डै २० जनाको हाराहारीमा मृत्यु हुने गरेकोमा अहिले यो संख्या घटेर ६ जनामा आइपुगेको छ । जसमा बहुसंख्यक मृतकहरु चितवन बाहिरका छन् । चितवनका स्थानीय दैनिक एक, दुई जनाको मात्र मृत्यु भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार अस्पतालहरुमा झण्डै ६०० जना सम्म कोरोनाका बिरामी रहेकोमा यो संख्या घटेर अहिले ३२७ जनामा झरेको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकबाट पनि कोरोना संक्रमण दर ओरालो लागेको पुष्टि हुन्छ । विगत २४ घण्टामा चितवनमा ६ जना कोरोना संक्रमितको निधन भएको छ । जसमा १ जना चितवनका छन् भने ५ जना चितवन बाहिरका छन् । त्यसैगरी विगत २४ घण्टामा थप ५० जना कोरोना संक्रमित चितवनमा थपिएका छन् ।
अहिले चितवनका विभिन्न अस्पतालहरुमा ३२७ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १४६ जना, भेन्टिलेटरमा ३५ जना, एचडीयूमा ४७ जना र जेनरल बेडमा १३५ जना रहेका छन् । विगत २४ घण्टामा विभिन्न अस्पतालहरुबाट २१ जना बिरामी डिस्चार्ज भएका छन् । केही दिनअघिसम्म चितवन मेडिकल कलेजको आईसीयूमा मात्र १५० बढी कोरोना संक्रमित बिरामी रहेका थिए ।
त्यसैगरी स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा विगत २४ घण्टामा ५० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ३७ जना, खैरहनीमा १ जना, माडीमा १ जना, रत्ननगरमा ३ जना, राप्तीमा ३ जना, कालिकामा २ जना र इच्छाकामनामा ३ जना कोरोना संक्रमित भएका छन् । शनिबार सार्वजनिक तथ्यांकमा पनि ६३ जनालाई संक्रमण देखिएको थियो भने गत शुक्रबार यो संख्या १३८ जना रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>