चितवन विशेष

उद्योग वाणिज्य संघ–चितवनले बाड्यो देवघाटको बसेनीटारमा राहत

Banner

चितवन, जेठ २०-

उद्योग वाणिज्य संघ–चितवनले आज तनहुँको देवघाटमा राहत वितरण गरेको छ ।

चितवनको विकट मानिने देवघाट गाउँपालिका–१ बसेनीटारमा संघले आज एक कार्यक्रमकाबीच राहत वितरण गरेको हो ।
राहत वितरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड–१९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट लागू गरिएको निषेधाज्ञाको कारण दैनिक ज्यालामजदुरी र गरिबको जिवीकोपार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरिएको विचार राखे । उनले मानवीय समस्या र सेवामा कुनै भौतिक सिमा नहुने बताउँदै तनहुँको देवघाट गाउँपालिका–१ को विकटमा रहेको बसेनीटारमा राहत वितरण गरिएको जानकारी दिए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाको जोखिम अझ पनि उच्च रहेकोले सबैलाई सुरक्षित रहन अपिल गर्दैै आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने बताए ।

राजमार्गदेखि करिब १२ किलोमिटरको उचाइमा रहेको उक्त विकट बस्तीका ५५ विपन्न परिवारलाई चामल, दाल, तेल, चिउरा, आलु, नुनलगायतका दैनिक अत्यावस्यकीय उपभोग्य वस्तुु वितरण गरेको संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । संघले गत वर्षदेखिनै कोरोना राहतकोषको स्थापना गरी चितवन र आसपासमा रहेका बस्तीमा राहत वितरण लगायत अन्य सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

तनहुँका सांसद कृष्णकुमार श्रेष्ठको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जिवी सुवेदी, कार्यसमिति सदस्यद्वय राजेन्द्र ओली र लिलबहादुर क्षेत्री तथा वडा देवघाट १ का जनप्रतिनिधिको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>