चितवन विशेष
चितवन नवलपुर क्षेत्रका रेडियोहरुलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
०

चितवन, जेठ २०-
कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको अवस्थामा सामुदायिक रेडियो प्रसारक मञ्चले सुरक्षा सामग्री बितरण गरेको छ ।
मञ्चले चितवन नवलपुर क्षेत्रमा रहेका २० बढी रेडियोहरूलाई सुरक्षा सामग्री प्रदान गरेको हो ।
अहिलेको कोरोना संक्रमणको अवस्थामा सबैभन्दा धेरै मार एफएम रेडियोहरूलाई परेको र कार्यरत पत्रकार पनि जोखिममा रहेको देखिएकोले जोखिम न्यूनीकरण र रेडियोको हालको अवस्था बुझ्नका लागि रेडियोमा पुगेको अकोराब नेपालका केन्द्रीय सदस्य नविनराज पौडेलले बताए ।
स्वास्थ्य सामग्री पुरानो मेडिकल कलेज चितवनको सहकार्यमा बितरण गरिएको हो । संस्थागत सामुदायिक उत्तरदायित्वअन्तर्गत पुरानो मेडिकल कलेजले चितवन नवलपुरमा रहेका रेडियोहरूलाई सहयोग पुग्ने उद्देश्यले सहयोग गरिएको पुरानो मेडिकल कलेजका मेनेजर दुर्गाप्रसाद न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























