Breaking News
चितवनमा ९८ कोरोना संक्रमित थपिँदा भरतपुरका मात्र ७४ जना, इच्छाकामनामा भने १ जना थपिए
०

चितवन, जेठ २०
चितवनमा विगत २४ घण्टामा ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज प्रकाशित गरेको तथ्यांक अनुसार बुधबार गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । थपिएका जम्मा संक्रमित मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ७४ जना छन् भने सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा १ जना मात्र रहेका छन् ।
त्यस्तै, खैरहनी नगरपालिकामा ४ जना, माडीमा ८ जना, रत्ननगरमा ७ जना, राप्तीमा २ जना र कालिकामा २ जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार १७७ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा तीन हजार ९८९ जना, अस्पतालको आइसोलेसनमा १९८ जना र सामुदायिक आइसोलेसन केन्द्रमा ३० जना रहेका छन् । आजसम्म चितवनमा १४ हजार ८६ जनालाई कोरोना संक्रमित भएका छन् भने २२४ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























