चितवन विशेष

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई मातृभूमिको पौष्टिक आहार

Banner

चितवन, जेठ १९–

मातृभूमि चितवनले भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित बिरामीलाई पौष्टिक आहार सहयोग गरेको छ । बुधबार अस्पतालमा पुगेर मातृभूमिले १२० जनालाई पुग्ने पौष्टिक आहार वितरण गरेको हो ।

मातृभूमि चितवनका संयोजक सरोज घिमिरेले बिरामीलाई हौसला प्रदान गर्नका लागि पौष्टिक आहार वितरण गरिएको बताए । उनले आगामी दिनमा यस्तै सहयोग जारी राख्ने बताए ।

यस संस्थाले प्रहरीलाई मास्कका साथै अक्सिमिटर, थर्मोमिटरलगायतका स्वास्थ्य उपकरण वितरण गरिसकेको छ भने भरतपुर अस्पताललाई पनि स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>