Breaking News

चितवनमा आज एकैदिन १७ कोरोना संक्रमितको मृत्यु, आईसीयू र भेन्टिलेटरमा २०८ जनाको उपचार

Banner

चितवन, जेठ १९-

चितवनका विभिन्न अस्पतालहरुमा विगत २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतक १७ जना सबै चितवन बाहिरका हुन् । मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ११ जना र पुरानो मेडिकल कलेजमा ४ जना रहेका छन् ।

त्यसैगरी चितवनका विभिन्न अस्पतालमा २०८ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसअनुसार १७० जनाको आईसीयूमा, ३८ जनाको भेन्टिलेटरमा, ३६ जनाको एचडीयूमा र १३७ जनाको जेनरल बेडमा उपचार भइरहेको छ । यो सँगै चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीहरुको संख्या ३४४ जना रहेको छ ।
विगत २४ घण्टामा ३३ जना कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>