Breaking News

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नयाँ अध्यायः मुख्य मैदानमा दुबो रोप्न सुरु (फोटो फिचर)

Banner

चितवन, जेठ १९–

चितवनको भरतपुरस्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मुख्य मैदानमा दुबो रोप्न सुरु गरिएको छ ।

आज (बुधबार) भूमी पूजा गरी दुबो रोप्ने काम सुरु गरिएको रंगशाला निर्माण रहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले नारायणी अनलाइनलाई जानकारी दिए । अध्यक्ष धुर्मुससंगै उपाध्यक्ष गुञ्जना घिमिरे ‘सुन्तली’ भूमि पूजामा सरिक थिइन् । ‘हाम्रो आज महत्वपूर्ण दिन हो, मुख्य मैदानमा दुबो रोप्ने कामको थालनी भएको छ’ अध्यक्ष धुर्मुसले भने ‘अब केही महिनामै मुख्य मैदान खेल्न योग्य हुने छ ।’

मुख्य मैदानमा माटो सम्याउने काम सकिएपछि दुबो रोप्न सुरु गरिएको हो । अब केही महिनापछि मैदान खेल्न योग्य हुनेछ । रंगशालामा अहिले ३ हजार क्षमताको प्याराफिट निर्माण भइसकेको छ । अन्य प्याराफिट निर्माणको काम द्रुत गतिमा भइरहेको छ । अहिले दुई वटा भिआइपी टावर मध्ये टावर–१ को फुटिङको डन्डी बिछ्याउने काम भइरहेको फाउण्डेशनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।

करिव ३ अर्ब अनुमानित लागतको यस परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको छ । कोरोना माहामारीका बेलामा पनि रंगशाला निर्माणको काम निरन्तर भइरहेको छ । ‘अहिले सुरक्षित रुपमा कामदारहरुलाई रंगशाला निर्माणमा खटाएका छौँ, भित्र अरुलाई प्रवेश निषेध गरेका छौं, कामदारहरुलाई बाहिर निस्कन पनि बन्देज गरेका छौँ’–अध्यक्ष धुर्मुसले भने ।
अहिले रंगशालाको ३ सय ६० वटा पिलरमध्ये सबै पिलर ठड्याइसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>