चितवन विशेष

चितवन उद्योग संघले माडीमा बाड्यो स्वास्थ्य सामग्री

Banner

चितवन, जेठ १८–

चितवन उद्योग संघले माडी इकाई समितिको सहकार्यमा बघौडा अस्पताल, कसरा गणसहित माडी क्षेत्रका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सामाजिक उत्तर दायित्व बहन गर्ने उद्देश्यका कोरोना माहामारीको बेला अग्रभागमा खटिनेहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको संघले जनाएको छ ।

चितवन उद्योग संघमाडी इकाई समितिका अध्यक्ष भोजराज खनालको अध्यक्षता एवं चितवन उद्योग संघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेको नेतृत्वमा बघौडा अस्पताल, इलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी कार्यालयका ५ वटै पोष्टहरु, माडी क्षेत्रमा कार्यरत पत्रकारहरुलाई माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा श्री खड्ग दल गण कसरालाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>