चितवन विशेष

नारायणगढको लिलाचोकका विपन्न परिवारलाई खाद्यान्न सहयोग

Banner

चितवन, जेठ १७-

चितवनका समाजसेवी उमाशंकर अग्रवालको परिवारले भरतपुर नारायणी नदी किनार लिलाचोकमा आश्रित विपन्न मजदुरलाई खाद्यान्न सहयोग गरेका छन् ।

भरतपुर महानगरपालिका–१ लिलाचोकमा रहेका ५० घर परिवारलाई अग्रवाल परिवारले खाद्यान्न सहयोग गरेको हो ।

लडकडाउनका ज्याला मजदुरी गर्नेहरुमा आर्थिक अभावले गर्दा बिहान बेलुकाको छाकटार्न समेत समस्या भएको अवस्था देखेपछि उनीहरुलाई खाद्यान्न सहयोग गरिएको समाजसेवी उमाशंकर अग्रवालले जानकारी दिए ।

विगतमा समेत विभिन्न ठाउँका विपन्न तथा गरिबलाई सहयोग गर्दै आएका अग्रवाल परिवारले आफ्नै घर नजिक नारायणी नदी किनार आसपासमा मजदूरी गर्न नपाएका कारण समस्यामा परेको देखेपछि आफूहरुले १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिए । सो अवसरमा चामल, सोयाबिन मस्यौरा, दाल, तेल, चाउचाउ, बिस्कुट र भुजालगायतका खाद्य सामाग्री सहयोग गरिएको थियो ।

लकडाउनको मारमा परेका मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले आफूहरुको विगतदेखिको परम्परालाई निरन्तरता दिदै गरिएको सहयोगले विपन्नमा खुसी छाएको युवा व्यवसायी समेत रहेका समाजसेवी चन्दन अग्रवालले बताए । अग्रवालले देवघाट क्षेत्रका बाँदर र गाईलाई समेत नियमित खाना खुवाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>