चितवन विशेष

बघौडा अस्पताललाई राइट एण्ड एशोसियट्सले दियो दुई थान मोनिटर

Banner

चितवन, जेठ १६–

शैक्षिक परामर्श संस्था राइट एण्ड एशोसियट्सले चितवनको माडीस्थित बघौडा अस्पताललाई डिजिटल मोनिटर सहयोग गरेको छ । एसोसियटले कोरोना संक्रमितसंगै अन्य बिरामीको उपचारको सहयोगी भूमिका खेलोस् भन्ने उद्देश्यले ३ लाख बराबरको २ थान मोनिटर अस्पताललाई सहयोग गरेको हो ।

राइट एण्ड एशोसियट्स चितवनका निर्देशक देवेन्द्रराज रेग्मीले माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकाललाई सो मोनिटर हस्तान्तरण गरे । मोनिटरले मुटुको धड्कन, अक्सिजनको मात्रा, रक्तचापलगायत एकैपटक धेरै कुरा हेर्न सकिन्छ । मोनिटर नहुँदा उपचारमा कठिनाई हुनुको साथै बिरामीले भरतपुर पठाउनुपर्ने बाध्यता थियो । सोही समस्यालाई मध्यनजर गर्दै मोनिटर सहयोग गरिएको रेग्मीले बताए ।

मोनिटर हस्तान्त्रण कार्यक्रमा बघौडा अस्पतालका इन्चार्ज डा. आलोक कुमार, माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेल, माडी कोरोना महामारी नियन्त्रण समितीका संयोजक शिव सुवेदी, ब्राह्मण समाज नेपालका अध्यक्ष मिलन दिपलगाएतको उपस्थिति रहेको थियो ।

हेल्प टेक नेपालका प्रोपाइटर सन्दीप राज गिरीले प्राविधिक सहयोग गरेका थिए । राईट एण्ड एशोसियट्स चितवनले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>