Breaking News

हामी भगवान होइनौं तर पनि बिरामी बचाउन भरमग्दुर प्रयास गरिरहन्छौं: डा.न्यौपाने

Banner

चितवन, जेठ १६-

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा.हरिश्चन्द्र न्यौपानेले डाक्टर भगवान नभए पनि साधनस्रोतले भ्याएसम्म बिरामी बचाउन प्रयास गरिरहने बताएका छन् ।

डा न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डाक्टर र अस्पतालको बारेमा समाजका मानिसहरुमा रहेको नकारात्मक धारणा रहेको बताएका हुन् । चितवनका अस्पतालहरुमा कोरोना संक्रमित गम्भीर बिरामीहरु बढिरहेको बेला उनको यो स्टाटस आएको छ ।

उनले भनेका छन्, ‘ आजभन्दा करिब १३ वर्ष अगाडि करिब ५२ वर्षको महिलाको पाठेघरको अपरेशन हुँदै थियो, बाहिर दूईचारजना बडा मान्छेहरु गार्डलाइ थर्काइराखेका थिए, त्यतिखेर नै हामी पुग्यौ के रहेछ कुरा भनेर बुझ्दा गजब लाग्यो । वहाँहरुले आफ्नो आमाको अप्रेशन हेर्न भित्र जान खोज्नुभएको रहेछ, गार्डले रोक्यो अनि वहाँहरु भन्दै हुनुहुन्थ्यो । कस्ता कस्ता ले त हामीलाई रोक्न सकेन, यत्रो आन्दोलन गरेर राजा त हामीले फाल्यौं, तिमी को हौ हामीलाइ भित्र जानबाट रोक्ने? ’

उनले हाम्रो समाज अहिले पनि अस्पताल र डाक्टरहरुप्रति नकारात्मक सोचाइले ग्रस्त भएको बताएका छन् । डा. न्यौपानले यस्तो अवस्थाको अन्त्यको लागि स्वास्थ्यकर्मीहरुले बिरामी र बिरामीका आफन्तलाई काउन्सिलिङ गर्नुपर्ने विचार पनि राखेका छन् ।

उनले भनेका छन्, ‘साथीहरुलाई सकेसम्म काउन्सेलिङमा एकदम धेरै समय दिएर काउन्सेलिङ गर्नुहुन र आफूले नसक्ने खालको बिरामी भएमा समयमा नै रिफर गर्नुहुन अनुरोध गर्दछु ।’ राम्रोसँग बिरामी र बिरामीका आफन्तहरुलाई बुझाउन नसकेमा डाक्टरले खुट्टाले थिचेर मा¥यो, मुखमा ट्युब कोचेर मा¥यो, घाँटीमा थिचेर मा¥यो भन्ने जस्ता आरोप आउन सक्ने स्टाटस मार्फत् सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘ स्वास्थ्यकर्मीहरुले उपलब्ध साधन र स्रोतले भ्याए सम्म मेहनत गरेर आफ्नो बिरामीलाइ बचाउनको लागि भरमग्दुर प्रयास गरेको हुन्छ । स्वास्थ्यकर्मी पनि कोही भगवान होइन उसले चाहेर फलानोलाई बचाउने फलानोलाइ मर्न दिने भनेर पुग्ने भए त स्वास्थ्यकर्मीहरुका आफन्त त कहिल्यै पनि मर्ने थिएनन् होला नि ? त्यहि भएर कृपया हामीले आफ्नो बलबुताले जाने बुझेको सबै सिप प्रयोग गरेर बिरामीको सेवा दिने प्रयास गरेका हुन्छौं, हाम्रा पनि धेरै लिमिटेसन हरु हुन्छन् भन्ने कुरा सबैले यसलाइ मनन गरेर बुझिदिनको लागि पनि अनुरोध गर्दछौं ।’ कोरोना महामारीको समयमा चितवनका अस्पतालहरुमा बिरामीको चाप बढिरहेको समयमा आएको उनको यो स्टाटसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>