समाचार

६ हजार २०५ जनाले जिते कोरोना, ४ हजार ३६९ संक्रमित

Banner

काठमाडौं, जेठ १६ –

पछिल्लो २४ घण्टामा नेपालमा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>