Breaking News

कुखुरामा बर्ड फ्लु, रानीखेतलगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखियो

Banner

चितवन,जेठ १६-

पक्षीमा रानीखेत, बर्डफ्लुलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिन थालेको छ । बर्ड फ्लु, रानीखेतलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिएकाले नियन्त्रणमा समस्या भइरहेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय रानीखेतका नयाँ भेरियन्टहरु देखिएकाले भ्याक्सिन लगाउँदासमेत सङ्क्रमण नियन्त्रण गर्न समस्या भइरहेको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।

अहिले नयाँ भेरियन्टबारे थप अनुसन्धान गर्न विभागका उपमहानिर्देशक डाक्टर रामनन्दन तिवारीको नेतृत्वमा समिति बनाएर काम भइरहेको छ । समितिमा व्यवसायी, विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरू रहेका छन् । निजी क्षेत्रले नयाँ भेरियन्ट पुष्टि गरिसकेको तर नार्कले यसबारे थप अनुसन्धान गरिरहेकाले नार्कको अध्ययनपछि मात्रै आफूहरुले नयाँ भेरियन्टबारे भन्न सकिने विभागका प्रवक्ता ढकालले बताउनुभयो । भारतलगायत दक्षिण एसियाली देशहरुमा नयाँ भेरियन्टहरु पुष्टि भएको र नेपालको अवस्थाबारे नार्कले गर्ने अनुसन्धानपछि भन्न सकिने उहाँको भनाइ छ ।उज्यालोबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>