अर्थ

सरकारले ल्याएको बजेट प्रशंसायोग्य छः भवानी राणा

Banner

काठमाडौं,जेठ १५-

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष तथा महिला उद्यमी भवानी राणाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रशंसायोग्य रहेको बताएकी छिन् । उनले सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्राथमिकताको क्षेत्रलाई राम्ररी समेटेको बताइन् ।

बजेटको राजनीतिक कुरा आफ्नो ठाउँमा छ, कतिले अध्यादेशबाट बजेट नल्याउन सुझाव दिनु भएको थियो । कतिले पूर्ण बजेट नल्याउन भन्नु भएको थियो । यदि ती राजनीतिक विषयलाई नहेर्ने हो भने बजेट प्रशंसनीय छ,राणाले  भनिन् ।

स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट वृद्धि, कोभिड खोपका लागि मात्रै २६ अर्ब रुपैयाँ बजेट विनियोजन सकारात्मक रहेको उनको प्रतिक्रिया छ । त्यस्तै साना तथा मझौला उद्योग र श्रमिकका लागि राहत तथा प्रोत्साहन प्याकेजमा निरन्तरता सकारात्मक विषय भएको उनले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>