Breaking News
यी हुन् आगामी आर्थिक वर्षका ११ लोकप्रिय कार्यक्रम
काठमाडौं, जेठ १५
सरकारले आगामी आर्थिक वर्षका लागिका विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको छ । आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका हुन् ।
हेरौं केही लोकप्रिय कार्यक्रम :
१. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
२. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने
३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत
४. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ
५. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन
६्. तरकारी, दूध र माछा-मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने
७. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने
८. ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने
९. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा
१०. निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट
११. विवादित गरिबी निवारण कोष खारेज
























