Breaking News

भरतपुर कारागारका १४ कैदीलाई आममाफी

Banner

चितवन, १५ जेठ
भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका १४ कैदीलाई आममाफी दिइएको छ । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई आममाफी दिइएको हो ।

सरकारले गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिने गर्छ ।

भरतपुर कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेका अनुसार कारागारले गरेको सिफारिसका आधारमा १४ कैदीको बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरेकी हुन् ।

कैद मिनाहा पाउनेमा सवारी ज्यान मुद्धाका ८ जना, ज्यान मार्ने उद्योगका ३ जना, चोरीका एक जना, लापरबाही ज्यान मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका एक जना कैदी रहेक छन् ।

हाल कागारमा ४९ जना महिला र ६१४ जना पुरुष र तीन आश्रित बालिका गरी ६६३ जना कैदीबन्दि रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>