Breaking News

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Banner

चितवन, जेठ १५–

हिजो (शुक्रबार) देशभरजसो नै लगातार वर्षा भयो । आज पनि देशका विभिन्न स्थानहरुमा भारी वर्षा हुने भएको छ ।

आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। बागमती, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

अहिले पनि देशभर बदली भइरहेको छ । थुप्रै स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भइसकेपछि हुने धेरै असरहरु (जस्तैः हिलो बाटो, हिले भीरपाखा ,अवरुद्ध यातायात र सञ्चार ,पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि जेठ १६ गते आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>