चितवन विशेष

चितवनका युवा व्यवसायी सापकोटा नेपाली युवा उद्यमी मञ्चको केन्द्रीय सदस्यमा चयन

Banner

चितवन, जेठ १४–

चितवनका युवा व्यवसायी कृष्ण सापकोटा नेपाली युवा उद्यमी मञ्चको केन्द्रीय सदस्यमा चयन भएका छन् । मञ्चको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सापकोटा सर्वसम्मत सदस्यमा चयन भएका हुन् ।

सापकोटा चितवनको लोकप्रिय वैष्णव मिष्ठान्न भण्डारका संचालक हुन् । उनी नेपाली युवा उद्यमी मञ्च चितवनको पूर्व अध्यक्ष समेत हुन् । सामाजिक कार्यमा रुची राख्ने सापकोटा हरेक दुःख, सुखमा साथ दिने गरेका छन् । गतवर्षको लकडाउनमा उनै सापकोटाको अगुवाईमा मञ्चले पैदल हिडेर घर फर्किने यात्रुहरुलाई नारायणगढको पुलचोकमा खाना खुवाएको थियो ।

यस्तै मञ्चको केन्द्रीय अध्यक्षमा उदीप श्रेष्ठ चयन भएका छन् । मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्धितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान सैजु र महिला उपाध्यक्षमा निभिता प्रधान चयन भएका छन्। समितिको सदस्यहरुमा सापकोटासंगै कौशल सुन्दर श्रेष्ठ, पवित्रा बहादुर गौतम, रिचा श्रेष्ठ, सुदिप घिमिरे चयन भएका छन् ।

यस समितिको कार्यकाल एक वर्षको हुने छ । सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्दै युवाहरुलाई उद्यमी बनाउने कार्यमा आफू कटिबद्ध भएर लाग्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्न सके मात्रै देशको विकास र रोजगारी सिर्जना हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>