चितवन विशेष

व्यवसायी खनालले दिए प्रेस संगठन चितवनलाई स्वास्थ्य सामग्री

Banner

चितवन, जेठ १४–

चितवनका युवा व्यवसायी पुरु खनालले प्रेस संगठन नेपाल चितवन शाखालाई स्वास्थ्य समग्री सहयोग गरेका छन् ।

गत जेठ ९ गते परेको आफ्नो जन्मदिनको अवसरमा घोषणा गरेको स्वास्थ्य सामग्री आज प्रेस संंगठनको कार्यालयमै पुगेर हस्तान्तरण गरेका हुन् । एचएण्डएस ग्रुपका अध्यक्ष समेत रहेका खनालले संगठनका केन्द्रिय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव राजेन्द्र आचार्य र सदस्य उर्गेन तामाङ्गको उपस्थितमिा पाँच हजार पिस सर्जिकल मास्क र एक सय थान सेनिटाईजर हस्तान्तरण गरेका हुन् । ६० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका खनालले कोभिडको समयमा अग्रभागमा रहेर काम गरिरहेका पत्रकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

स्वास्थ्य सामग्री बुझ्दै केन्द्रीय कोषाध्यक्ष अधिकारीले संकटको घडिमा स्वास्थ्य सामग्री सहयोग प्राप्त हुनुमा सबै पत्रकारको लागि खुसीको कुरा भएको भन्दै खनाललाई धन्यवाद दिनुभयो । यस्तै चितवन शाखाका अध्यक्ष ज्ञवालीले प्राप्त सहयोग चितवनका सबै पत्रकारहरुको हातहातमा प¥याइने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>