चितवन विशेष

नारायणी किनारमा बेवारिसे सडक मानवलाई खाना खुवाउँदै ब्लड डोनर्स सोसाइटी

०
Banner

चितवन, जेठ १४–

कोरोना भाइरसका कारण गरिएको लकडाउनले प्रभावित बनेका बेवारिसे व्यक्तिहरुलाई ब्लड डोनर्स सोसाइटी नेपालले खाना खुवाउने अभियान थालेको छ । सोसाइटीले निःशुल्क खाद्यान्न वितरण अभियान थालेको शुक्रबार ८ दिन पुरा भएको छ ।

विपन्न परिवारलाइ केहि सहज बनाउने उद्देश्यले चालेको अभियानले आठौ दिनमा नारायणी किनारमा करिव ३०० बेबारिसे सडक मानबहरुलाइ खाना खुवाएको छ । यस अभियानबाट करिव ६० घरपरिवारले राहत प्राप्त गरेका छन् भने ७०० भन्दा बढी बेबारिसे सडक मानवहरुलाइ खाना खुवाइसकेको छ ।

यस अभियानले चितवन, नवलपुर, तनहुँका विभिन्न प्रभावित ठाउँहरुमा सेवा दिदै आएको छ ।
अभियानका कार्यक्रम संयोजक अर्जुन अधिकारीले विभिन्न माध्यमबाट सहयोग गर्ने प्रति धन्यवाद प्रकट गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>