चितवन विशेष

बागमती प्रदेश ट्राफिक प्रहरीलाई १० लाखको ट्राफिक उपकरण सहयोग

०
Banner

चितवन, जेठ १४–

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामपुर, चितवनलाई करिव १० लाख रुपैयाँ बराबरको ट्राफिक उपकरण सहयोग प्राप्त भएको छ ।

यातायात व्यवस्था सेवा कार्यालयद्वारा चितवनले ४ थान ब्रेथलाईजर, म्याजिक लाईट २० थान, ह्वील लक २० थान, फ्लोरोसेन्ट ज्याकेट ७७ थान, बेरिकेड ४ थान, बडि ओर्न क्यामेरा २ थान र पीभीसी कोण ४० थान गरी १० लाख बराबरको ट्राफिक उपकरण सहयोग गरेको हो ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख सुरज उप्रेतीले बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक शान्तिराज कोईरालालाई उक्त सामग्री हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै प्रहरी उपरीक्षक कोईरालाले यस्ता आधुनिक उपकरणले ट्राफिकको कामकारवाहीलाई पनि प्रविधिमैत्री र सहज बनाउने बताए ।

यस्तै यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख उप्रेतीले आगामी दिनमा यस्तै सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

मकवानपुर र चितवन जिल्लामा मात्रै १४७ कि.मि. राजमार्ग पर्दछ । दैनिक बढीरहेको सवारी चापको तुलनामा सडक पूर्वाधार, स्तरोन्नती नहुँदा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा समस्या परेको छ ।

यस आर्थिक वर्षको बैशाख मसान्तसम्म दश महिनाको अवधिमा मात्र मकवानपुरमा ५२ र चितवन जिल्लामा ११६ जनाको मृत्यू भइसकेको छ । गत आर्थिक वर्षको तुलनामा मृत्यूदर घटेपनि दुर्घटना संख्या बढेको तथ्याङ्कले देखाएको छ । यद्यपि, ट्राफिक कारवाही संख्या र राजस्व गत वर्षको तुलनामा दोब्बर भएको छ ।

दुर्घटनाको मुख्य कारणमा तिव्र गति, मापसे, सडक पूर्वाधार, चालकको लापरवाही रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>