चितवन विशेष

भरतपुर अस्पताललाई मातृभूमि चितवनले दियो स्वास्थ्य सामग्री

Banner

चितवन, जेठ १३–

सामाजिक संस्था मातृभूमि चितवनले भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

आज (विहीबार) भरतपुर अस्पतालमै पुगेर मातृभूमिले २० थान अक्सिमिटर, २० थान थर्मो मिटर र जोकोहीले पनि प्रयोग गर्न सक्ने गरी ३०० थान मास्क हस्तान्तरण गरेको हो ।

मातृभूमि चितवनका संयोजक सरोज घिमिरेले अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेन्टेन्ट डा.रोशन न्यौपानेलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सो क्रममा बोल्दै मातृभूमिका संयोजक घिमिरेले अस्पतालमा उपचाररत कोरोना संक्रमितको उपचारमा सहयोगी भूमिका निर्वाह होस् भन्ने उद्देश्यले सो स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘यस्तो विपत्को बेला जो कोहीले पनि सहयोग गर्नु पर्छ, हामी मानविय सेवामा खटिएका युवाहरुले यो सानो सहयोग स्वरुप स्वास्थय सामग्री प्रदान गरेका हौँ’–संयोजक घिमिरेले भने । उनले आगामि दिनमा पनि आवश्यकता अनुसार अन्य सामग्रीहरु हस्तान्तरण गर्दै जाने प्रतिवद्धता जनाए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै मेसु डा.न्यौपानेले कोरोना संक्रमितको उपचार गर्ने सामग्रीको अझै पनि आवश्यकता रहेको भन्दै स्वास्थ्य उपकरण सहयोग गरेकोमा मातृभूमिलाई धन्यवाद ज्ञापन गरे । ‘हामीले तपाईँहरुबाट अत्यन्त महत्वपूर्ण कुरा प्राप्त गरेका छौँ, यहाँहरुको सेवा भावले यहाँ उपचार गर्ने बिरामीलाई धेरै नै सहयोग मिल्ने छ’–मेसु डा.न्यौपानेले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, निवर्तमान मेसु डा.जगन्नाथ तिवारी, पूर्व मेसु डा.कृष्ण पौडेल, मातृूभूमिका युवाहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>