Breaking News

चितवन मेडिकल कलेजका निर्देशक न्यौपाने भन्छन्: कोरोनाको तेस्रो वेभबाट बालबालिका जोगाउन तयारी गरौं

Banner

चितवन, जेठ १३-

चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेले सम्भावित कोरोनाको तेस्रो वेभबाट बालबालिका जोगाउन तयारीमा बस्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कोरोनाको सम्भावित तेस्रो वेभबारे आजैदेखि तयारी थाल्नुपर्ने बताएका हुन् । उनले अहिलेसम्म विदेशतिरको कुरा सुन्दा अब दुई चार महिनामा कोभिडको तेस्रो वेभ आउदैछ भन्ने सुनेकोले यो पटक बच्चाहरुलाइ असर पार्ने संभावना देखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामी सबैले सुविधायुक्त बालबालिकाको आईसीयूमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई क्रिटिकल केयर सम्बन्धी तालिम दिएर तयारी भएर बस्नु पर्ने आवश्यकता देखिन्छ ।’

प्रवन्ध निर्देशक अधिकारीले तेस्रो वेभमा आउसक्ने कठिनाइका लागि चितवन मेडिकल कलेजले तयारी गरिरहेको दाबी गरेको छन् । उनले भनेका छन्, ‘बालबालिकाका लागि हामीले चितवन मेडिकल कलेजमा १७ शैयाको आईसीयू बनाएका छौं । नेपालका एकमात्रै चिकित्सक जसले बच्चाको क्रिटिकल केयरमा डीएम अध्ययन गरी आएर उपचार प्रदान गर्दै आउनु भएको छ ।’ डा न्यौपानेले सबैलाई बच्चाको क्रिटिकल केयर सम्बन्धी तालिम दिनु पर्छ भन्ने उद्देश्यले सबै स्वास्थ्यकर्मीहरुको पहँुच हुने गरी बालबालिकाको क्रिटिकल केयर सम्बन्धी एक हप्ताको लागि निःशुल्क तालिमको ब्यबस्था गरेको जनाएका छन् । उनले भनेका छन्, ‘जे गर्नुपर्ने हो अहिले नै गरौं । स्वास्थ्यकर्मीलाई राम्रो सँग तालिमको व्यवस्था गरौं ता कि पछि पछुताउन नपरोस् । बालबालिकाको लागि आईसीयू सेट गरौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>