Breaking News
कोरोनाबाट एकैदिन १४५ जनाको मृत्यु,६७१४ जनामा कोरोना संक्रमण
०

काठमाडौं, जेठ १२ –
नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
त्यस्तै ६ हजार ७ सय १६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। भने आज १४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























