देश/प्रदेश

सुदूरपश्चिममा एमाले संसदी दलमा कोरम नै पुगेन, बैठक स्थगित

Banner

धनगढी, जेठ ११–

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रदेश संसदीय दलको बैठक बसेको थियो । तर समसामयिक विषयमा छलफल गर्न भनेर बोलाएको बैठक कोरम नपुगेपछि स्थगित भएको आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए ।

शाह आफैंले माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई टेलिफोन गरेर मंगलबार बिहान दलको कार्यालयमा बोलाएका थिए । तर विहान बढीमा ९ जना र दिउँसो समेत संख्या नबढेपछि बैठक स्थगित गरिएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । सभामुखबाहेक १७ जना नेपाल समूहका छन् भने ७ जना ओली समूहतिर छन् । तर मंगलबार बोलाइएको संसदीय दलको बैठकमा भने माधव पक्षलाई कोरम पुर्‍याउन नै मुस्किल पर्‍यो । बैठकमा सहभागी हुन १२ जना प्रदेशसभा सदस्य मात्रै पुगेको दाबी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>