Breaking News

चितवनका पाँच दल भन्छन्ः ओली सरकारले संविधानलाई क्षतविक्षत बनायो

०
Banner

चितवन, जेठ ११–

चितवनमा क्रियाशिल पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संविधानलाई नै क्षतविक्षत बनाउने काम गरेको आरोप लगाएका छन् ।

आज (मंगलबार) नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’, नेकपा (एमाले)का अध्यक्ष तेजेन्द्रबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीले संयुक्त विज्ञप्ती जारी गर्दै ओली नेतृत्वको सरकारले संविधान र शासन प्रणाली माथि नै गम्भीर प्रहार गर्ने काम गरेको आरोप लगाएको हो ।

विज्ञप्तीमा भनिएको छ–‘काम चलाउ हैसियतका प्रधानमन्त्रीले जनप्रतिनिधि मुलक संस्था विघटन गरी मुलुसको संविधान र शासन प्रणाली माथि नै गम्भीर प्रहार गर्ने यस किसिमको कदमले लोकतन्त्र मात्र कमजोर भएको छैन, पटक–पटक संविधानलाई क्षतविक्षत बनाएको छ, । तसर्थ प्रधानमन्त्री र स्वंम राष्ट्रपति समेत अलोकतान्त्रिक, निरकुंश, तानाशाही बाटो हिँड्न खोजेको प्रमाणित भएको छ ।’

पाँच दलले संविधानको मुल मर्म विपरीत प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको घटनाले गम्भिर ध्यानाकर्षण समेत भएको जनाएको छ । यस्तै पाँच दलले संवैधानिक र राजनीतिक विधिबाट समेत यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कमद सच्याउँदै देशलाई संविधानबाद र लोकतान्त्रिक दिसामा अघि बढाउने अभियानमा सरिक भइदिनु हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, पेशाकर्मीलगायत सम्पूर्ण चितवनबासीमा अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>