Breaking News

बालमन्दिरमा रहेका ८ महिने बालकसहित ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं । काठमाडौंको बालमन्दिरमा रहेका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल बाल संगठन अन्तर्गत काठमाडौं उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जनामा संक्रमण पुष्टि भएको संगठनका महासचिव समिक बडालले जानकारी दिए ।

सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजिटिभ देखिएको छ भने नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनामा पनि संक्रमण देखिएको छ । रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्न सक्ने बताइएको छ ।

नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो पहिलो पटक हो । दुवै ठाउँका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् ।

उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण रहेको बडालले जानकारी दिए । एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएको उनले बताए ।

संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>