Breaking News

चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या झण्डै पाँच हजार पुग्यो, १९८ संक्रमितले ज्यान गुमाए

Banner

चितवन, जेठ ९-

चितवनमा संक्रिय संक्रमितको संख्या झण्डै पाँच हजार पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चितवनमा आज ५१ जना कोरोना संक्रमित थपिएसँगै संक्रिय संक्रमितको संख्या चार हजार ७१३ पुगेको हो । चितवनका विभिन्न अस्पतालको आइसोलेसनमा १८८ जना रहेका छन् भने घरमा आइसोलेसनमा चार हजार ५११ जना रहेका छन् । त्यस्तै चितवनका सार्वजनिक आइसोलेसन सेन्टरहरुमा १४ जना संक्रमित रहेका छन् ।
त्यसैगरी चितवनमा आज थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका ३४ जना, खैरहनीका पाँच जना, माडीमा एक जना, रत्ननगरमा तीन जना, राप्तीमा ३ जना, कालिकामा दुई जना र इच्छाकामनामा दुई जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चितवनमा आजसम्म १९८ संक्रमितले ज्यान गुमाएका छन् । अहिलेसम्म चितवनमा १२ हजार ६६८ जना कोरोना संक्रमित भएकोमा सात हजार ७५७ जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>