Breaking News

चितवनमा आज एकैदिन ११ कोरोना संक्रमितको मृत्यु, आईसीयू र भेन्टिलेटरमा ३११ जनाको उपचार हुँदै

Banner

चितवन, जेठ ९-

चितवनका विभिन्न अस्पतालमा विगत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ५ जना र चितवन मेडिकल कलेजमा ६ जनाको कोरोना संक्रमणको कारणले मृत्यु भएको हो ।

त्यसैगरी चितवनमा कोरोनाका गम्भीर बिरामीहरु ३११ जनाको विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा २४५ जना र भेन्टिलेटरमा ६६ जना रहेका छन् । त्यस्तै अस्पतालको एचडीयूमा ६५ जना र साधारण बेडमा १८० जना गरेर जम्मा ४९० जना कोरोना संक्रमित चितवनका विभिन्न अस्पतालमा उपचाररत छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ४४ जना बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>