देश/प्रदेश

राष्ट्रपति कार्यालयको वेबसाइटबाट एकाएक गायब भयो संसद विघटन र नयाँ निर्वाचन मितिका विज्ञप्ती

Banner

काठमाडौँ, जेठ ९–

राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू एकाएक गायब भएको छ ।

राष्ट्रपति कार्यालयको वेबसाइट जततउकस्ररउचभकष्मभलत।नयख।लउर मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति एकाएक गायब भएको हो । यस बारे चर्चा हुन थालेपछि अनुसन्धान थालिएको कार्यालयले जनाएको छ।

वेबसाइटमा शनिबार राति १ः४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आमो चासो बढेको छ।

यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>