कर्पोरेट

नारायणी डेभलपमेण्ट बैँकद्वारा चितवनमा कोरोना संक्रमितलाई सहयोग

Banner

चितवन, जेठ ८-

चितवनको रत्ननगरमा केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैँकले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितहरुलाई औषधिलगायतका आवश्यक सामग्री सहयोग गरेको छ ।

देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितहरु देशभरि जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधिसमेत किन्न समस्या भएका बिरामीहरुलाई लक्षित गरी उक्त सहयोग गरिएको बैँकले जनाएको छ । त्यस्ता कोभिड प्रभावित बिरामीहरुलाई अस्पताल फार्मेसीबाट नै औषधिलगायतका सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाई अस्पताल प्रशासनको माध्यमद्वारा नै उक्त सहयोग प्रदान गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>