राजनीति

योगेश भट्टराईले पनि खनाल-नेपाल समूह छोडे

Banner

काठमाडौं,जेठ ७-

एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन्। नेकपा हुँदै सुरु भएको विवादमा माधव नेपाललाई साथ दिँदै आएका नेता भट्टराईले नयाँ सरकार गठनको निर्णायक दिन नेपालको साथ छाडेका छन्। पार्टीभित्र देखिएको अन्तरविरोधमा वरिष्ठ नेता खनाल र नेपाल समूहमा रहेका नेता भट्टराईले शुक्रबारदेखि यो समूह छोडेका हुन्।

उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह छोडेको संकेत गरेका छन्। पार्टी एकतालाई जोगाउन सकिन्छ कि, भनेर यस्तो निर्णय गरेको समेत उनले उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छ ।सेतोपाटीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>