Breaking News

नयाँ सरकारका लागि राष्ट्रपतिले गरेको आह्वानविरूद्ध सर्वोच्चमा १३ रिट

Banner

काठमाडौं, जेठ ७ –

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नयाँ सरकार गठनको आह्वान गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ रिट पेश भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै आज शुक्रबार सर्वोच्च अदालतमा १३ रिट दायर भएको हो ।

शुक्रबार पेश भएका यी सबै रिट समय अभावका कारण दर्ता गर्न नसकिएको सर्वोच्चका रिट महाशाखा प्रमुख बाबुराम दाहालले बताएका छन्। अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाको रिट दायर भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

रिटहरुमा संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी गरेको सूचना गैरसंवैधानिक रहेको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>